युगान्डामा जारी चारदेशीय महिला टी-२० कपअन्तर्गत नेपालले आज युगान्डासँग खेलिरहेको छ। नेपालले आफ्नो दोस्रो खेलको रुपमा युगान्डासँग खेलेको हो।
खेलमा नेपालले टस जितेर युगान्डालाई ब्याटिङको निम्तो दिएको छ। नेपालका लागि पूजा महतोले पहिलो सफलता दिलाएकी छन्। उनले पहिलो ओभरको पहिलो बलमै विकेट लिइन्। उनको उक्त ओभर मेडन ओभर रह्यो।
अहिले युगान्डा ६ ओभरमा १ विकेट गुमाएर २० रन बनाएर खेलिरहेको छ।
इन्दु बर्माको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्।
आज युगान्डासँग खेलिरहेको नेपालले फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।
Shares

प्रतिक्रिया