युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपाललाई युगान्डाले ७६ रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा युगान्डाले ७ विकेट गुमाउँदै ७५ रन बनाएको हो।
नेपालका लागि कप्तान इन्दु बर्मा र पूजा महतोले समान दुई/दुई विकेट लिए।
नेपालले दुई विकेट भने रन आउटमा प्राप्त गर्यो। टस जितेर बलिङ रोजेको नेपाललाई पहिलो ओभरको पहिलो बलमै युगान्डाकी जानेतलाई पेबेलियन फर्काइन्
त्यस्तै इम्माकुलेटलाई ईश्वरी विष्टले रन आउट गरिन्। मालिसा अरिओकोटलाई कप्तान इन्दु बर्माले रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन्।
प्रोस्कोभियालाई पनि कप्तान बर्माले क्षेत्रीकै हातबाट क्याच आउट गराइन्। त्यस्तै पूजा महतोले नै स्टेफिन नाम्पिनालाईको प्रहार गरेको बललाई रिया शर्माको हातमा क्याच गराइन्। त्यस्तै इन्दु बर्माको बलमा रितिहालाई रुविना क्षेत्रीले
रन आउट गराइन्। त्यस्तै सारहा पूजा महतोबाट आउट भइन्। केभिन र प्याट्रिसिया नट आउट रहे। यसअघि नेपालले आफ्नो पहिलो खेल शनिबार नामिबियासँग खेलेको थियो। खेलमा नेपाल ६ विकेटले पराजित भयो।
इन्दु बर्माको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्।
आज युगान्डासँग खेलिरहेको नेपालले फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।
Shares

प्रतिक्रिया