खेल


विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै थ्रीस्टार फाइनलमा

विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै थ्रीस्टार फाइनलमा

नेपालखबर
फागुन २५, २०८१ आइतबार २१:४६, विराटनगर

थ्रीस्टार क्लब विराटनगरमा जारी ९ औँ संस्करणको  विराट गोल्ड कपको फाइनलमा पुगेको छ। विराटनगरको सहिद रङ्गशालामा आइतबार साँझ भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो।

जितको लागि थ्री स्टारका प्रशान्त लिम्बु, दीपेश घले र नवीन लामाले समान १–१ गोल गरे। थ्री स्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। दीपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढङ्गले जाली चुमाए।

दोस्रो गोल खेलको २८ औँ मिनेटमा भयो। आशिष चापागाईँले निकालेको पासलाई दीपेशले आकर्षक गोलमा परिणत गरी अग्रता दोब्बर बनाए। तेस्रो गोल ८१ औँ मिनेट भयो। नवीन लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे।

आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र नीरज चौधरीले समान १ –१ गोल फर्काए। नवयुगले खेलको ८३ औँ मिनेटमा गोल गरे। दोस्रो गोल पेनाल्टी सुट आउटबाट आर्मीका नीरज चौधरीले गरे। आर्मीका निशान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्री स्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए।

जितसँगै उपाधिको लागि थ्री स्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ।

खेल अवधिभरमा आर्मी एक दर्जन प्रहार विफल भएको थियो। आर्मीको कप्तान नवयुग श्रेष्ठको आधा दर्जन प्रहारमा थ्री स्टारका डिफेन्डर र गोलकिपर बाधक बनेका थिए।

प्रतियोगिताको प्लेयर अफ द म्याच थ्री स्टारका प्रशान्त लाक्सान लिम्बु घोषित भए। उनले नगद ११ हजार पाए।   २०७४ सालमा पनि थ्री स्टारले विराट गोल्ड कपको फाइनलमा आर्मीलाई ३–० गोलले हराउँदै उपाधि उचालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad