इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले सानदार सुरुवात गरेको छ। राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा राजस्थान रोयल्ससामु आईपीएलकै दोस्रो उच्च लक्ष्य प्रस्तुत गरेको हैदारवाद ४४ रनले विजयी भएको हो।
२८७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेटको क्षतिमा २४२ रन बनायो। राजस्थानका लागि सन्जु सामसन र ध्रुव जुरेलले अर्धसतक बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
सन्जुले ३७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ६६ रन बनाए। जुरेलले ३५ बलमा ५ चौका र ६ छक्कासहित ७० रनको योगदान गरे। शिम्रन हेटम्यारले २३ बलमा एक चौका र ४ छक्कासहित ४२ रन बनाउँदा शुभम दुवेले ११ बलमा नटआउट ३४ रन बनाए। उनले एक चौका र ४४ छक्का प्रहार गरे। नितिस रानाले ८ बलमा ११ रन मात्रै बनाए।
हैदरावादको जितमा हर्शल पटेल र सिमर्जित सिंहले समा दुई दुई विकेट लिए। एडम जाम्पाले एक विकेट हात पारे।

त्यसअघि राजस्थानले टस जितेर फिल्टिङ रोजेपछि पहिले ब्याटिङ गरेको हैदरावादले इसान किसानको नटआउट सतकको मद्दतमा २८६ रन बनाएको थियो।
हैदरावादका लागि इसान किसानले ४७ बलमा १०६ रन बनाए। उनले ११ चौका र ६ छक्का प्रहार गरे।
घरेलु मैदानमा ओपनर अविशेक शर्माले ११ बलमा २४ रनको योगदान गर्दा ट्राभिस हेडले ३१ बलमा ६७ रन प्रहार गरे। शर्माले ५ चौका र हेडले ९ चौका तथा ३ छक्का प्रहार गरे।
आक्रामक सुरुवात गरेको हैदरावादका लागि नितिस कुमारले १५ बलमा ३० रन र हेनरिक क्लासेनले ३३४ रन बनाए। अनिकेत बर्माले ३ बलमा ७ रनको योगदान गरे।
राजस्थानका तुशार देशपाण्डेले ३ विकेट लिँदा महिष टिक्षानाले २ विकेट लिए। सन्दीप शर्माले एक विकेट लिए।
आइतबार राति पौने ८ बजे दिनको दोस्रो खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्नेछन्। चेन्नईको एमए चिदम्बरम रंगशालामा सर्वाधिक विजेता दुवै टोली छैटौँ उपाधिको दौडमा छन्। मुम्बई २०२० पछि र चेन्नई २०२३ पनि उपाधि थप्ने लक्ष्यमा छन्।
Shares

प्रतिक्रिया