खेल


हैदरावादले लखनउलाई दियो १ सय ९१ रनको लक्ष्य

हैदरावादले लखनउलाई दियो १ सय ९१ रनको लक्ष्य

नेपालखबर
चैत १४, २०८१ बिहिबार २२:०, काठमाडौँ

सार्दुल ठाकुरको घातक बलिङमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्टसामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

हैदरावादस्थित राजिव गान्धी इन्टरनेसनल स्टेडियममा लखनउले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिको १ सय ९० रनको योगफल तयार पारेको हो।

हैदरावादका लागि ओपनर त्राभिस हेड ४७ रन बनाउँदा प्रिन्स यादवको बलमा बोल्ड आउट भए। अनिकेत वर्माले ३६ र नितिश कुमार रेड्डीले ३२ रन थपे। हेििरच क्लासेनले २६ रन थपे। कप्तान प्याट कुमिन्स १८ रनमा क्याच आउट भए।

हैदरावादविरुद्ध घातक बलिङ गरेका लखनउका लागि सार्दुल ठाकुरले आफ्नो स्पेलमा ३४ रन खर्चेर ४ विकेट झारे।

उनले ओपनर अविशेक शर्मालाई ६ र इसान किसानलाई शुन्य रनमा क्याच आउट गराए।  ठाकुरले अभिनव मनोहरलाई २ र मोहम्मद सामीलाई १ रनमा मा क्याच गराए।

अविशेक खान, दिग्भेस राठी, रवि विस्नोइ र प्रिन्स यादवले समान एक विकेट आफ्नो नाममा गरे।

आइपीएलमा लखनउ पहिलो जितको खोजीमा छ। हैदरावाद भने लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानम यथावत रहन चाहान्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad