खेल


भुर्तेलको शतक मद्दतमा मलेसियालाई नेपालले दियो २७६ रनको लक्ष्य

भुर्तेलको शतक मद्दतमा मलेसियालाई नेपालले दियो २७६ रनको लक्ष्य

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १४:३, काठमाडौँ

एसियन गेम्स क्लालिफायरअन्तर्गत बिहीबार सिंगापुरमा भइरहेको खेलमा कुशल भुर्तेलको शतक मद्दतमा नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै ७ विकेट गुमाएर २७५ रन जोडेको हो। 

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक पारी खेले। उनीहरुले क्रमशः १२६ र ६८ रन बनाए। त्यसैगरी सन्दिप जोरा १५, दीपेन्द्र सिंह ऐरी ३१, लोकेश बम १०, करण केसी ७ र नटआउट रहेका कुशल मल्ल र सोमपाल कामीले क्रमशः ९ र १ रनको योगदान गरे। रोहित पौडेलले भने रन जोड्न सकेनन्। 

नेपालले अतिरिक्त ८ रन पाएको थियो। 

बलिङतर्फ मलेसियाका विरनदिपले ३ विकेट लिए। त्यस्तै सइद अजिज र विजय उन्नीले समान २ विकेट लिँदा बाँकी बलर महंगा साबित भए।

आशिफले १७ बलमा र भुर्तेलले २५ बलमा ५० रन पूरा गरेका थिए। यो खेलपछि भुर्तेल २२ सय ४० रनसहित नेपालका लागि टी२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् भने उनलाई २२ सय ११ रनसहित ऐरीले पछ्याएका छन्। 

मलेसियाले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad