खेल


एफए कपको सेमिफाइनल समीकरण पूरा,  सिटी र एस्टोन भिल्ला अन्तिम चारमा

एफए कपको सेमिफाइनल समीकरण पूरा,  सिटी र एस्टोन भिल्ला अन्तिम चारमा

नेपालखबर
चैत १८, २०८१ सोमबार ६:२७, काठमाडौँ

म्यानचेस्टर सिटी र एस्टोन भिल्लाले अन्तिम चारमा स्थान बनाएसँगै एफए कपको सेमिफाइनल समीकरण पूरा भएको छ। 

आइतबार राति भएको खेलमा म्याचेष्टर सिटीले बर्नमाउथमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। 

अर्को खेलमा एस्टोन भिल्लाले प्रिस्टोन नर्थ इण्डमाथि ३–० फराकिलो जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ।
 
सिटीले अब एफए कपको फाइनलमा स्थान बनाउन नटिङ्घम फरेस्टको सामना गर्नेछ। सेमिफाइनल खेल बेम्वेली स्टेडियममा हुनेछ। 

फरेस्टले क्वार्टरफाइनलमा ब्राइटनलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो। फरेस्ट सन् १९९१ पछि पहिलो पटक एफए कपको सेमिफाइनल पुगेको हो। 

अर्को सेमिफाइनलमा क्रिस्टल प्यालेस र एस्टोन भिल्ला भिड्नेछन्। 

क्रिस्टल प्यालेसले क्वार्टरफाइनलमा फुलहामलाई ३–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको थियो। 

अर्को खेलमा प्रिस्टोन नर्थ इण्डमाथि ३–० को फराकिलो जित निकाल्दै एष्टोन भिल्ला एफए कपको सेमिफाइनल पुगेको हो। सेमिफाइनल खेलहरु अप्रिल २६ मा हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad