खेल


ऋषभ पन्तलाई १२ लाख जरिवाना

ऋषभ पन्तलाई १२ लाख जरिवाना

नेपालखबर
चैत २३, २०८१ शनिबार २०:४, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।

लखनउमा मुम्बई इन्डियन्स विरुद्धको खेलमा पन्तको टोलीको स्लो ओभर रेटका कारण पन्तलाई यो जरिवाना लगाइएको हो। यो आईपीएल आचारसंहिताको धारा २.२२ को उल्लंघन हो।

यसैबीच, लखनउ सुपर जायन्ट्सका बलर दिग्वेश सिंहलाई पनि आईपीएल आचारसंहिता उल्लंघनको दोषी ठहराइएको छ। उनलाई आधा म्याच फि जरिवाना गरिएको छ।

यो सिजनमा धारा २.५ अन्तर्गत उनको दोस्रो लेभल १ अपराध थियो।

विकेट लिएपछि उनले एउटा यस्तो इशारा गरे जुन म्याच रेफ्रीले आपत्तिजनक पाए। लेभल १ अपराधअन्तर्गत म्याच रेफ्रीको निर्णय अन्तिम र निर्णायक मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad