खेल


अफगानिस्तानको यू–१९ विरुद्ध नेपालको सान्त्वना जित

अफगानिस्तानको यू–१९ विरुद्ध नेपालको सान्त्वना जित

नेपालखबर
चैत २७, २०८१ बुधबार २०:३४, काठमाडौँ

युथ एक दिवसीय शृङ्खलाअन्तर्गत अफगानिस्तानको यू-१९ क्रिकेट टोलीविरुद्वको अन्तिम खेलमा नेपालले जित हात पारेको छ। आज भएको तीन खेलमध्येको अन्तिम खेलमा अफगानिस्तानलाई ८५ रनले हराउँदै नेपाल यू–१९ले सान्त्वना जित हात पारेको हो।

आज अफगानिस्तानलाई नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि खेल रोकिएको थियो। वर्षाका कारण खेल अगाडि बढ्न नसकेपछि डिएलएस विधिबाट नेपालले जित हात पार्यो। अफगानिस्तानले २० दशमलव १ ओभरमा आफ्नो ६ विकेट गुमाउँदै ४६ रन बनाएको थियो।

अफगानिस्तानका लागि फैसल शिनोजादाले १६, अजीजुल्लाह मिया खिलले १५, कप्तान महबुब खानले ८, बरकत इब्राहिमजाइले ५ र नाजिफुल्लाह अमिरीले एक रन जोडे। अफगानिस्तानले अतिरिक्त एक रन प्राप्त गर्यो।

नेपालका लागि अपराजित पौडेलले दुई विकेट हात पार्दा दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले समान एक÷एक विकेट हात पारे।

त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो।

तीन खेलको शृङ्खला भने अफगानिस्तानले २–१ ले जितेको छ। पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने दोस्रो खेलमा पनि अफगानिस्तानले नेपाललाई एक रनले हराएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad