समाज


पत्रकार सुरेश रजकको स्मृतिमा दीप प्रज्ज्वलन

पत्रकार सुरेश रजकको स्मृतिमा दीप प्रज्ज्वलन

नेपालखबर
चैत २७, २०८१ बुधबार २१:२, काठमाडौँ

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको स्मृतिमा दीप प्रज्ज्वलन गरिएको छ।

बिहीबार साँझ नेपाल पत्रकार महासंघले काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरेको हो।

पत्रकार रजकसहित दुईजनाको ज्यान जानेगरी भएको तीनकुने घटनाको आज १३औँ दिन हो।

महासंघले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र पत्रकार सुरेश रजकको हत्याका घटनामा सरकारले वेवास्ता गरेको भन्दै मंगलबार विभिन्न दबाबमुलक कार्यक्रमको घोषणा गरेको थियो।

महांघले उक्त घटनामा स्वतन्त्र छानबिन गरी सात दिनभित्र प्रेस स्वतन्त्रता हननमा संलग्नहरूमाथि कानुनी कारबाही, रजकका परिवारका साथै क्षति पुगेका सञ्चारगृहलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको निःशुल्क उपचारका लागि यही चैत १८ गते नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको थियो।

सरकारलाई दिएको सात दिने अल्टिमेटम यही चैत २५ गते सकिएको सन्दर्भमा आज बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले आफ्ना माग पूरा गराउन सरकारलाई थप दबाब दिनुपर्ने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ।

महासंघका घोषित कार्यक्रम अन्तर्गत चैत २९ गते शुक्रबार रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाउने। प्रदेश समिति र शाखाहरूले पनि सोहीबमोजिम गर्ने।

चैत ३१ गते सरकारलाई ‘नेपाल पत्रकार महासंघले यही चैत १८ गते प्रस्तुत गरेका माग पुरा गर’ भन्ने सन्देश विभिन्न माध्यमबाट गृहमन्त्रीसमक्ष पठाउन देशभरका पत्रकारहरूलाई आह्वान गर्ने।

तीनकुनेमा भएको प्रेस विरोधी गतिविधिलाई लिएर २०८२ वैशाख २ गते सम्पादकहरूसँग छलफल गर्ने।

वैशाख ४ गते सञ्चारगृहका सञ्चालक आबद्ध रहेका प्रमुख संस्थाहरूसँग छलफल गर्ने।

६०वैशाख ६ गते महासंघका पूर्व सभापतिअध्यक्षहरूसँग छलफल गर्ने। प्रदेश र जिल्ला शाखाले पूर्व सभापति/अध्यक्षसहित अग्रज पत्रकारहरूसँग छलफल गर्ने लगायत छन्।

उल्लेखित समयावधिभित्र सरकारले महासंघका माग सम्बोधन नगरे देशब्यापी आन्दोलनको घोषणा गर्ने समेत महासंघले चेतावनी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad