अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शताब्दीकै उच्च भन्सार महसुल लागू गरेका छन्। जसले विश्व अर्थतन्त्रमा मन्दी ल्याउने र मुद्रास्फिति ह्वात्तै बढाउने आकलन भइरहेको छ।
तर, बुधबार उनले सबैलाई शान्त रहन भनेका छन्।
‘शान्त हुनुस्। सबैथोक राम्रो हुने छ। अमेरिका पहिलेभन्दा अझ ठूलो र अझ राम्रो हुने छ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
ट्रम्पको करले सेयर बजारमा ठूलो हलचल आएको छ। उनले चीनविरुद्ध लगाएको १०४ प्रतिशत भन्सारको बदलामा चीनले पनि ८४ प्रतिशत आयात कर लगाएको छ।
व्यापार युद्धका कारण अमेरिकामा मन्दी छाउने भविष्यवाणी अर्थशास्त्रीहरूले गरेका छन्। एजेन्सी
1.0k
Shares

प्रतिक्रिया