चारदेशीय टी–२० क्रिकेट सिरिजको उपाधिका लागि कुवेतविरुद्ध खेलिरहेका नेपालका बसिर अहमदले अर्धशतक पूरा गरेका छन्। नेपालको ब्याटिङ लाइन सम्हालिरहेका बसिरले ३० बलको सामना गर्दै ५३ रन बनाएका हुन्।
१७५ रनको लक्ष्य पाएको नेपालले अहिले १७ ओभरको खेल सकिँदा १३८ रन बनाएर खेलिरहेको छ। नेपालले ८ विकेट गुमाइसकेको छ। अहिले क्रिजमा बसिर र नन्दन यादव छन्। नन्दनले ८ बलमा २३ रन बनाएर खेलिरहेका छन्।
जितका लागि नेपाललाई १८ बलमा ३७ रन आवश्यक छ।
402
Shares

प्रतिक्रिया