नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट ल नेपाल आइपुगेका छन्। आज शुक्रबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघका पदाधिकारीहरू विमानस्थल पुगेका थिए।
क्यानले भोलि शनिबारदेखि नै ५२ खेलाडी समावेश गरेर अभ्यास खेल सुरु गर्दैछ। प्रमुख प्रशिक्षक स्टुवार्टलाई पनि सोही खेलअघि सार्वजनिक गर्ने क्यानको तयारी छ।

यही अभ्यास खेलको अवलोकन गर्दै स्टुवार्टले आफ्नो योजनाअनुसार टोली निर्माण गर्नेछन्। खेलाडी छनोटकै लागि क्यानले चार टोली बनाएर दुई चरणको लिग सञ्चालन गर्न लागेको हो।
स्टुवार्टले यसअघि अमेरिकन टोलीको मुख्य प्रशिक्षक भएर काम गरेका थिए। त्यसअघि श्रीलंका, बंगलादेश र अस्ट्रेलियाकै क्रिकेट टिममा पनि विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन्।
क्रिकेटका मुख्य प्रशिक्षक स्टुवार्ट शुक्रबार नेपाल आइपुग्ने, शनिबारदेखि अभ्यास
नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन स्टुवार्ट नियुक्
क्रिकेटका ५२ खेलाडी समेटेर बनाइयो ४ टोली, शनिबारदेखि मूलपानीमा अभ्यास खेल
Shares

प्रतिक्रिया