खेल


एनएसलको रोचक फाइनल, ललितपुरले चुम्यो उपाधि (तस्बिरहरू)

एनएसलको रोचक फाइनल, ललितपुरले चुम्यो उपाधि (तस्बिरहरू)

सरोज नेपाल
बैशाख १३, २०८२ शनिबार २०:४३, काठमाडौँ

पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षा गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको फाइनलमा ललितपुरले पोखरालाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचालेको हो। उपाधिसँगै ललितपुरले ८० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पोखराले ३० लाख रुपैयाँ प्राप्त गर्‍यो।

अघिल्लो सिजन ललितपुरले धनगढी एफसीलाई हराउँदै एनएसएलको उपाधि जितेको थियो। खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको ललितपुरले दोस्रो हाफमा १ गोल थप्दा १ गोल खान पुग्यो। खेलको ७८ औँ मिनेटमा पोखराका सुरज जिउ ठकुरीको फ्रिकीक प्रहार सिधै ललितपुरका गोलरक्षकको हातमा पुग्यो। 

खेलको ७४ औँ मिनेटमा पापा इबो केबेको गोलमा ललितपुरले पोखराविरुद्ध २-१ ले अग्रता बनाएको थियो। इमोह इजेकिलेको प्रहारलाई नियन्त्रणमा लिदै पापा इबो केबेले पोष्टको जाली चुमाएपछि ललितपुरले पोखराविरुद्ध पुनः अग्रता बनाएको थियो। 

खेलको ६२ औँ मिनेटमा सुदील राइको गोलमा पोखरा खेलमा फर्किएको थियो। पदम भट्टराइको क्रसमा स्टेफन समिर विनोङको हेरड प्रहार ललितपुरका गोलरक्षकले पन्च गर्दै जोगाएपनि त्यसकै रिवाउण्डमा सुदिल राइको गोलमा पोखराले बराबरी गोल फर्काएको थियो। 

त्यसअघि पहिलो हाफको ४१ औँ मिनेटमा मनोज राइको क्रसमा इमोन इजिकेको हेडर गोलमा ललितपुरले सुरुवाती अग्रता बनाएको थियो। पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। 

पोखराले एलिमिनेटर खेलमा एफसी चितवनलाई ३-० को फराकिलो गोलअन्तरले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान बनाएको थियो। ललितपुरले भने पहिलो क्वालिफायरमा धनगढीलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad