खेल


कसले जित्ला आईपीएलमा पर्पल क्याप? ५ खेलाडी छन् प्रतिस्पर्धामा

कसले जित्ला आईपीएलमा पर्पल क्याप? ५ खेलाडी छन् प्रतिस्पर्धामा

लक्ष्मी जि.सी
बैशाख २५, २०८२ बिहिबार ६:११, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६ खेल सकिँदा पर्पल क्याप (सर्वाधिक विकेट लिने)को दौड रोमाञ्चक बनेको छ।

आईपीएलमा ९२ खेलाडीले विकेट लिइसकेका छन्। सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा भने गुजरात टाइटन्सका प्रसिद्ध कृष्ण छन्। जारी आईपीएलमा २० विकेट लिने उनी एक्ला खेलाडी हुन्। 

दुई खेलाडीले १८ तथा २ खेलाडीले १६ विकेट लिएका छन्। दुई खेलाडीले १५ विकेट लिँदा ६ खेलाडीले १४ विकेट झारेका छन्। पाँच खेलाडीले १३ विकेट आफ्नो नाममा गरेका छन्।

पर्पल क्यापको दौडमा शीर्ष स्थानमा रहेका पाँच खेलाडीमध्ये चार जनाले एकै खेलमा चार विकेट झारेका छन्।  

पर्पल क्यापको दौडमा रहेका पाँच खेलाडी यस्ता छन्— 

प्रसिद्ध कृष्ण (गुजरात टाइटन्स)
आईपीएलमा सर्वाधिक रन बनाउनेदेखि लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा गुजरात टाइटन्स शीर्ष स्थानमा छ। 

गुजरातका प्रसिद्ध कृष्णले ११ खेलमा २० विकेट लिँदै सर्वाधिक विकेट टेकरको शीर्ष स्थानमा छन्। 

उनले दिल्ली क्यापिटल्सविरुद्ध सर्वाधिक ४ विकेट लिएका छन्। सो खेलमा गुजरातले दिल्लीलाई ७ विकेटले पराजित गरेको थियो। उनले आफ्नो स्पेलमा ४१ रन खर्चेर चार विकेट झारेका थिए। 

४३ ओभर बलिङ गर्दा उनको इकोनोमी ७.६५ छ। 

जोस हज्लिवुड (रोयल च्यालेन्जर्स ब्यांग्लोर) 
ब्यांग्लोरका हज्लिवुडले आईपीएलको जारी सिजनमा १८ विकेट आफ्नो नाममा गरेका छन्। 

उनलाई मुम्बई इन्डियन्सका ट्रेन्ट बोल्टले पछ्याइरहेका छन्। समान १८ विकेट लिए पनि उनी इकोनोमीमा बलियो रहँदै दोस्रो स्थानमा छन्। 

उनले १० खेलमा ३६.५ ओभर बलिङ गर्ने मौका पाएका थिए। 

राजस्थान रोयल्सलाई ११ रनले पराजित गर्दा उनी एक्लैले चार विकेट झारेका थिए। सो खेलमा उनले आफ्नो स्पेलमा ३३ रन खर्चेका थिए। 

उनको इकोनोमी ८.४४ छ। 

ट्रेन्ट बोल्ट (मुम्बई इन्डियन्स)
मु्म्बई इन्डियन्सका ट्रेन्ट बोल्टले आईपीएलको १२ खेलमा १८ विकेट झारेका छन्। ४२.१ ओभर बलिङको मौका पाएका उनले १८ विकेट लिने दोस्रो खेलाडी हुन्।

सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजत गर्दा बोल्टले चार विकेट आफ्नो नाममा गरेका थिए। सो खेलमा कसिलो बलिङ गरेका उनले चार ओभरमा मात्र २६ रन खर्चेका थिए। 

उनको इकोनोमी १९.८८ रहेको छ। 

अर्शदीप सिंह (पञ्जाव किंग्स)
पञ्जाव किंग्सका अर्शदिप सिंहले आईपीएलमा १६ विकेट आफ्नो नाममा गरेका छन्। 

आईपीएलको ११ खेलको १० इनिङ्समा उनले १८ विकेट लिँदै पर्पल क्यापको दौडमा आफूलाई समावेश गरेका हुन्। 

१० खेलको ३६.२ ओभरमा एक मेडन ओभर बलिङ गर्दै उनले २ सय ९१ रन खर्चेका थिए। उनको इकोनोमी ८.०० छ। 

नुर अहमद (चेन्नई सुपर किंग्स)
चेन्नईका नुर अहमदले आईपीएलको ११ खेलमा १६ विकेट लिँदै आफूलाई सर्वाधिक विकेट टेकरको पाँचौँ स्थानमा उभ्याएका छन्। 

अंक तालिकाको पुछारमा रहँदै चेन्नई प्लेअफ दौडबाट बाहिरिसके पनि नुरले आफूलाई पर्पल क्यापको दौडमा कायम राख्न सफल भएका छन्। 

११ खेलमा ३९ ओभर बलिङको मौका पाएका उनले ३ सय १४ रन खर्चेका छन्। उनको इकोनोमी ८.०५ छ। 

उनलाई कोलकाता नाइट राइडर्सका वरुण चक्रवर्ती र गुजरातका मोहम्मद सिरजले समान १५ विकेट लिँदै पछ्याइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad