इन्डियन प्रिमियर लिग (आईपीएल) को एलिमिनेटर खेलमा आज शुक्रबार गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दै छन्।
चण्डीगढस्थित महाराजा याधावृन्दा सिंह इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ।
एलिमिनेटर खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्नेछ।
दोस्रो क्वालिफायरमा यो खेलको विजेताले पञ्जाव किंग्सको सामना गर्नेछ। पञ्जाव पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स ब्यांग्लोरसँग ८ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्ने भएको हो।
एलिमिनेटर खेलमा पराजित हुने टोली उपाधि दौडबाट सिधै बाहिरिनेछ। त्यसैले आजको खेलमा दुवै टोली जितको दबाबमा हुनेछन्।
गुजरात लिग चरणमा अंकतालिकाको तेस्रो स्थानमा तथा मुम्बई चौथो स्थानमा रहेर एलिमिनेटर खेल्न लागेका हुन्।
गुजरात र मुम्बईको पछिल्लो पाँच खेललाई हेर्ने हो भने ४ खेलमा गुजरातले जित निकालेको छ। एक खेल मात्र मुम्बईले आफ्नो पक्षमा पारेको छ।
Shares

प्रतिक्रिया