खेल


कराँतेकी एरिकालाई ऐतिहासिक काँस्य पदक

कराँतेकी एरिकालाई ऐतिहासिक काँस्य पदक

नेपालखबर
जेठ १९, २०८२ सोमबार ८:६, काठमाडौँ

एरिका गुरुङले कराँते–१ प्रिमियर लिगमा ऐतिहासिक काँस्य पदक जितेकी छिन्। 

आइतबार राति मोरक्कोको रवातमा सम्पन्न महिला ६८ केजी माथिको तौल समूह अन्तर्गत काँस्य पदकका लागि भएको खेलमा एरिकाले फ्रान्सकी पिए क्लेमेन्सलाई ६-२ ले पराजित गर्दै पदक हात पारेकी हुन्। 

प्रिमियर लिगमा नेपालले पहिलो पदक प्राप्त गरेको हो। प्रिमियर लिगमा पहिलो पटक सहभागिता जनाएकी २० औँ वरियताकी क्लेमेन्सलाई पाखा लगाएकी हुन्। 

विश्व कराँते महासंघले ३२ खेलाडीलाई प्रिमियर लिगमा सहभागी गराउँदै आएको छ। 

एरिकाले पुल ६ को सुरुवाती खेलमा टर्कीकी जेना गाबालासँग २–२ र इटालीकी क्लिओ फेराकुतीलाई ३–१ ले हराएकी थिइन्। 

साइप्रसकी जिआमुकी ठेओदोसियासँग १–१ को बराबरी खेल्दा स्पेनिकी मारिया टोरेस गार्सियासँग भने ५–५ को बराबरीमा पछि परेकी थिइन्। 

सेमिफाइनलमा मारिया टोरेससँग पराजित भएपछि एरिकाले काँस्य पदकका लागि स्पर्धा गरेकी हुन्। मारिया टोरेसले फाइनलमा इंग्ल्यान्डकी रोसेल वाल्टर्सलाई ४–२ ले हराएर स्वर्ण पदक हात पारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad