खेल


कराँतेमा काँस्य पदक विजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

कराँतेमा काँस्य पदक विजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

सौगात दाहाल
जेठ २०, २०८२ मंगलबार ११:५७, काठमाडौँ

कराँते–१ प्रिमियर लिगमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छिन्। 

केहीबेरअघि नेपाल फर्किएकी एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो। 

एरिकाको स्वागतमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, प्रशिक्षक कुशल श्रेष्ठलगायत अन्य खेलाडीहरु विमानस्थल पुगेका थिए। 

एरिकाको स्वागतमा एरिकाका आमाबुवासहित परिवारका अन्य सदस्य पनि विमानस्थल पुगेका थिए। 

आइतबार राति मोरक्कोको रवातमा सम्पन्न महिला ६८ केजी माथिको तौल समूह अन्तर्गत काँस्य पदकका लागि भएको खेलमा एरिकाले फ्रान्सकी पिए क्लेमेन्सलाई ६९२ ले पराजित गरेकी थिइन्। 

एरिकाले पुल ६ को सुरुवाती खेलमा टर्कीकी जेना गाबालासँग २–२ र इटालीकी क्लिओ फेराकुतीलाई ३–१ ले हराएकी थिइन्। 

साइप्रसकी जिआमुकी ठेओदोसियासँग १–१ को बराबरी खेल्दा स्पेनिकी मारिया टोरेस गार्सियासँग भने ५–५ को बराबरीमा पछि परेकी थिइन्। 

सेमिफाइनलमा मारिया टोरेससँग पराजित भएपछि एरिकाले काँस्य पदकका लागि प्रतिस्पर्धा गरेकी थिइन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad