दक्षिण कोरियामा राष्ट्रपति चुनावअन्तर्गत लागि मतदान भइरहेको छ।
यसअघिका राष्ट्रपति युन सुक-योल महाभियोगबाट हटाइएपछि नयाँ राष्ट्रपति चुन्न चुनाव गरिएको हो।
स्थानीय समयअनुसार दिउँसो १ बजेसम्ममा मतदाताको संख्या ६२.१ प्रतिशत पुगेको छ। जुन सन् २०२२ को तुलनामा सोही समयमा भएको भन्दा बढी मतदान हो।
राष्ट्रपति चुनावमा मुख्य प्रतिस्पर्धा विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार ली जे म्युङ र सत्तारुढ दलका किम मुन सुबीच छ।
किम मुन युन सुक-योलको मन्त्रिपरिषद्मा मन्त्री थिए।
धेरै युवा मतदाताले देशमा निर्णायक नेता देख्न चाहेको बताएका छन्।
दक्षिण कोरियाका नयाँ राष्ट्रपतिका लागि सबैभन्दा ठूलो चुनौती अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्कसँग जुध्नु हुनेछ।
ट्रम्पले दक्षिण कोरियाबाट आउने स्टिलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन्।
दक्षिण कोरिया अमेरिकामा स्टिल निर्यात गर्ने चौथो ठूलो देश हो।
Shares

प्रतिक्रिया