हेटौंडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ।
उक्त प्रतिस्पर्धा अन्तर्गर १५० मिटरको खेलमा १२ वर्षभन्दा माथिका उमेर समूह र ९० मिटरको खेलमा १२ वर्षभन्दा कम उमेर समूहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा हेटौंडास्थित हेटौंडा स्केट पार्कमा सुरु भएको प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा चार विधाअन्तर्गत १२ वर्षभन्दा कम उमेर समूहका र १२ वर्षमाथि उमेर समूहका महिला तथा पुरुष खेलाडीहरु सहभागी थिए। जसमा पुरुषतर्फ १२ वर्षभन्दा कम उमेर समूहअन्तर्गत डिकन महतारा प्रथम, आयुस स्याङ्ग्तान द्वितीय भएका छन् भने १२ वर्षमाथि उमेर समूह रहेको खेलमा बज्र दोङ प्रथम, सुनिल लामा द्वितीय र आयुश रुम्बा तृतीय भएका छन्।
महिलातर्फ १२ वर्षमुनि सुरक्षा प्रधान प्रथम, कल्पना राई द्वितीय, समिस्ता प्रधान तृतीय भएका छन् भने १२ वर्षमाथिको विधामा काठमाडौंकी मुस्कान मगर प्रथम, नायना शाक्य द्वितीय, आयुश्मा शाही ठकुरी तृतीय भएका छन्।

उक्त प्रतियोगितामा महिलातर्फ १२ वर्षमुनि रश्मी सुचिकार, १२ वर्षमाथि निशिका लामा र पुरुषतर्फ १२ वर्षमाथि सुशील श्रेष्ठ उत्कृष्ट स्केटर खेलाडी बन्न सफल भएका छन्।
करिब १०० जनाको सहभागिता रहेको उक्त प्रतियोगितालाई मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष शर्केस घलानले उद्घाटन गरेका थिए। उक्त प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमशः दश हजार, पाँच हजार र तिन हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिए।
साथै प्रतियोगिताका प्रत्येक विधाका उत्कृष्ठ स्केटर खेलाडीहरुलाई ट्रफि, प्रमाणपत्रसहित नगद दूई हजार प्रदान गरिएको महासचिव थापाले बताए। यस प्रतियोगितामा निर्णायकको भूमिकामा दिलिप राज बराल, पासाङ लाम्हु शेर्पा, प्रशुना लामा, योगिना श्रेष्ठ र बिकास लामा रहनु भएको थियो।
उक्त प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रममा रोलर स्केटिङ्ग खेलको बारेमा तथा रोलत स्केट खेलको निति नियम तथा प्राविधिक पक्षको बारेमा स्केटिङ्ग तथा स्केट बोर्डिङ्ग संघका प्रमुख प्रशिक्षक दिलिप राज बरालले जानकारी दिएका थिए भने उक्त संघका अध्यक्षले खेल प्रभावकारी रही प्रतियोगिता सफल रहोस् भनी शुभकामना सन्देश पठाएका थिए।
Shares

प्रतिक्रिया