खेल


एसीसी पुरुष यू-१६ इस्ट जोन कप: नेपालद्वारा भुटानसामु ३५९ रनको विशाल लक्ष्य प्रस्तुत

एसीसी पुरुष यू-१६ इस्ट जोन कप: नेपालद्वारा भुटानसामु ३५९ रनको विशाल लक्ष्य प्रस्तुत

नेपालखबर
असार १७, २०८२ मंगलबार ११:१८, काठमाडौँ

एसीसी पुरुष यू-१६ इस्ट जोन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि भुटानलाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ। 

मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको हो। 

पाचौँ विकेटका लागि जय थापा र रौनक श्रीवास्तवले १ सय २५ बलमा १ सय ६१ रनको साझेदारी गरेपछि नेपाल विशाल योगफलतर्फ उन्मुख भएको थियो। 

नेपालका लागि रौनकले १ सय ६८ रनको महत्वपुर्ण योगदान दिए।

उनले १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दा सञ्जय दोर्जीको बलमा जिग्मे सम्द्रुपको हातबाट क्याच आउट हुन पुगे। 

जय थापा ६१ रनमा अविजित रहे। उनले ६७ बलमा ७ चौका प्रहार गरे। सचिन भट्ट ८ रनमा नटआउट रहे। 

विकेट किपर श्रीवांस बजगाइ ५४ रनमा रन आउट भए। सुगम बुढाथोकीले ३५ रन थपे। 

ओपनर परिमहर्जन यादन २ र प्रसिद्ध जैसी ७ रनमा पेभेलियन फर्के। 

भुटानका लागि सञ्जय दोर्जीले ३ विकेट लिए। तेन्जिङ जाम्त्सोले एक विकेट आफ्नो नाममा गरे। 

भुटानले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad