नेपालको महिला लिग च्याम्पियन एपीएफ फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी) महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको पहिलो खेलमा उज्वेकिस्तानको पीएफसी नसाफ खेल्ने भएको छ।
एएफसीले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लब समूह बी मा परेको हो। एपीएफ रहेको समूहमा उज्वेकिस्तानको पीएफसी नसाफसँगै साउदी अरबको अल-नासर र थाइल्यान्डको कलेज अफ एसियन स्कोलर्स रहेको रहेका छन्।
समूह बी को छनोट उज्वेकिस्तानमा हुनेछ। एपीएफले लगातार दोस्रो पटक एसियन च्याम्पियन्स लिग खेल्न लागेको हो। च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा १९ टोली सहभागी छन्। १९ टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोलीले अघिल्लो चरणमा स्थान बनाउनेछन्।
एपीएफले २५ अगस्टमा उज्वेकिस्तानको पीएफसी नसाफ खेल्नेछ। त्यस्तै २८ अगस्टमा थाइल्यान्डको कलेज अफ एसियन स्कोलर्ससँग र समूह चरणको अन्तिम खेल ३१ अगस्टमा साउदीको अलनसारसँग खेल्नेछ।
समूह चरणका खेलहरू अगष्ट २३ देखि ३१ सम्म हुनेछ।
Shares

प्रतिक्रिया