नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई मार्की खेलाडीको भूमिकामा निरन्तरता दिएको छ।
विराटनगर किंग्सले शनिबार सामाजिक सञ्जालमार्फत सन्दीलाई मार्की खेलाडीका रूपमा निरन्तरता दिइएको जानकारी गराएको हो।
साथै विराटनगरले रिटेन गर्ने अन्य खेलाडीको नाम चाँडै सार्वजनिक गर्ने पनि बताएको छ।
एनपीएलका लागि फ्रेन्चाइज क्लबहरूले रिटेन गरेका खेलाडीको नाम सार्वजनिक गरिरहेका छन्।

288
Shares

प्रतिक्रिया