एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जित्न नेपालले सिंगापुरबाट १ सय १४ रनको सामान्य लक्ष्य पाएको छ।
मलेसियाको वांगीस्थित वाईएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो।
सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशीलबहादुर रावलले समान ३ विकेट लिए।

विपिनप्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे।
अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे।
शुभम् खनालले दुई विकेट झारे।
सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे।
कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

84
Shares

प्रतिक्रिया