इटालीलाई नाटकीय रूपमा हराउँदै साविक विजेता इङ्ग्ल्यान्ड यूईएफए महिला युरो कपको फाइनलमा पुगेको छ।
मंगलबार राति भएको पहिलो सेमिफाइनलमा इटालीलाई २–१ ले जित्दै इङ्ग्ल्यान्ड उपाधिनजिक पुगेको हो।
खेलको पहिलो हाफमा नै १–० ले पछि परेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा रोमाञ्चक पुनरागमन गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएको थियो।
खेलको ३३औँ मिनेटमा बारबरा बोनान्सियाको गोलमा इटालीले सुरुवाती अग्रता बनाएको थियो। तर इन्ज्युरी समयमा त्यसलाई जोगाउन नसक्दा इटाली उपाधि दौडबाट बाहिरिएको हो।
इन्ज्युरी समयको ९६औँ मिनेटमा मिसेल अग्येमाङको गोलमा इङ्ग्ल्यान्ड खेलमा फर्किएको थियो। वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेकी उनले खेललाई रोमाञ्चक मोडमा पुर्याएकी थिइन्।
अतिरिक्त समय सकिन एक मिनेट मात्र बाँकी छँदा अर्की वैकल्पिक खेलाडी क्लो केलीले रिबाउन्डमा गोल गर्दै इङ्ग्ल्यान्डलाई फाइनलमा पुर्याएकी थिइन्।
१ सय १९औँ मिनेटमा केलीको पेनाल्टी प्रहार गोलरक्षकले बचाए पनि त्यसकै रिबाउन्डमा उनले गोल गरिन्।
इङ्ग्ल्यान्डले अब उपाधिका लागि विश्व च्याम्पियन इटाली र युरो २०२२ को उपविजेता जर्मनीबीचको खेलको विजेतासँग खेल्नेछ।
दोस्रो सेमिफाइनलमा साविक उपविजेता जर्मनी र स्पेन बुधबार राति भिड्नेछन्।
फाइनल खेल आइतबार राति बसेलमा हुनेछ।
Shares

प्रतिक्रिया