खेल


जेम्स ट्राफोड अब म्यानचेस्टर सिटीको गोलरक्षक

जेम्स ट्राफोड अब म्यानचेस्टर सिटीको गोलरक्षक

नेपालखबर
साउन १४, २०८२ बुधबार १२:१५, काठमाडौँ

गोलरक्षक जेम्स ट्राफोर्ड बर्नलीबाट म्यानचेस्टर सिटीमा पुनः जोडिएका छन्। ब्रिटीस गोल रक्षकका लागि कीर्तिमानी मुल्यमा उनी सिटीमा सामेल भएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गोलरक्षक जेम्स २७ मिलियन पाउण्ड प्लस एड अनमा सिटीमा जोडिएका हुन्। 

तर अन्य बर्नलीका श्रोतले भने उनी ३१ मिलियन पाउण्ड र थप शुल्क तथा बिक्री–अनमा जोडिएको बताएका छन्। 

यसअघि सन् २०१७ मा एभर्टनले जोर्डन पिकफोर्डका लागि सन्डरल्यान्डलाई ३० मिलियन युरो तिरेको थियो। यदी उनी ३१ मिलियन युरोमा सिटीमा पुगेको भए अघिल्लो रेकर्ड उनले तोड्नेछन्। 

सिटी एकेडेमीका २२ वर्षिय जेम्सले २०२३ को जुलाइमा क्लेरेट्सका लागि १९ मिलियन युरोमा हस्ताक्षर गरेका थिए। 

जेम्सले ४५ च्याम्पियनसिप खेल मध्य २९ खेलमा क्लीन सिट राखेका थिए। 

बर्नलीले उनी कीर्तिमानी मुख्यमा विक्रि भएको बताएको छ। उनी पाँच वर्षका लागि सिटीमा सम्झौता गरेका छन्। उनीसामु थप वर्ष पनि सिटीमा रहन सक्ने विकल्प छ। 

सिटीमा जोडिएपछि उनले यो आफ्नो लागि गर्व र विशेष क्षण भएको बताएका छन्। 

उनले भने, ‘मैले सधैँ सपना देखेको थिएँ कि, एकदिन म सिटीमा फर्कन सक्षम हुनेछ। यो ठाउँ हो जहाँ म घर भुल्छु। मलाई म बन्न सक्ने उत्कृष्ट गोलरक्षक बन्न सिटीबाहेक अन्यत्र राम्रो वातावरण छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad