खेल


एसियाली पारा तेक्‍वान्दोमा पलेसालाई कास्य

एसियाली पारा तेक्‍वान्दोमा पलेसालाई कास्य

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १६:३४, काठमाडौँ

नेपालकी पलेसा गोवर्द्धनले मलेसियामा भएको १० औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा कास्य पदक प्राप्त गरेकी छिन्। 

मलेसियाको सरावकमा भएको के-४४ क्याटोगोरीअन्तर्गत महिला ५७ केजी मुनिको क्वार्टरफाइनलमा उज्वेकिस्तानी कामोला जुरेभालाई पहिलो राउण्डमा १०-६ र दोस्रो राउण्डमा १३-० ले हराउँदै पलेसाले सेमिफाइनलमा स्थान बनाएकी थिइन्। 

सेमिफाइनलमा चीनकी युजी लीसँग पहिलो चरणमा ४-० र दोस्रो चरणमा १०-० ले पराजित हुँदै पलेसा कास्य पदकमा सिमित बनिन्। 

यो सँगै पलेसाले ५ अन्तराष्ट्रिय पदक हात पारेकी छिन्। उनले यसअघि युथ एसियन गेम्स् र एसियाली पारा ओलम्पिक छनोटमा स्वर्ण पदक जितेकी थिइन्। पाराओलम्पिक २०२४, एसियन गेम्स २०२२ र एसियन प्रतियोगिता २०१८ मा कास्य पदक जितेकी थिइन्। 

प्रतियोगितामा पुरुष ५८ केजी मुनिको तौलसमुहमा नेपालका भरत सिंह महत काजकिस्तानका खेलाडीसँग १२-० र ७-० ले पराजित भए। यस्तै ६३ केजी मुनि अमिर भ्लोन चाइनिज ताइपेइका खेलाडीसँग पहिलो राउण्डमा ६-८ ले पराजित भएपनि दोस्रो राउण्डमा ५-४ ले जित निकालेको थिए। तर तेस्रो चरणमा ६-१० ले गुमाउन पुगे। 

अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका कामना प्रसाईँ र रेणु तामाङ ४७ केजी मुनिको स्पर्धामा पराजित भए। प्रतियोगितामा ४५ राष्ट्रका १ सय ५० खेलाडीले भाग लिएका थिए। 

मुख्य प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा नेपालले १२ वटा अन्तराष्ट्रिय पदक हात पारेको छ। उनको प्रशिक्षणमा नेपालले ३ स्वर्ण पदक, २ रजत पदक र ७ कास्य पदक जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad