खेल


एञ्जिलाले एपीएफबाट एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

एञ्जिलाले एपीएफबाट एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८२ बुधबार १२:२८, काठमाडौँ

गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले एपीएफ फुटबल क्लबबाट एएफसी महिला च्याम्पियन्स लिग खेल्ने भएकी छिन्। एन्फा महिला लिग च्याम्पियनको रुपमा एपीएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्न लागेको हो। 

च्याम्पियन्स लिगका लागि क्लबले दुई डिफेन्डरलाई टोलीमा भित्राएको छ। एपीएफले नेपाल पुलिस क्लबबाट समिक्षा घिमिरे र त्रिभुवन आर्मी फुटबल क्लबबाट विमला विकलाई टोलीमा अनुबन्ध गरेको छ। 

लिग कै लागि एपीएफले नेपाल पुलिस क्लबकी फरवार्ड रेखा पौडेललाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरेपनि सफल हुन नसकेको क्लबका व्यवस्थापक विजय केसीले बताए। एएफसी महिला च्याम्पियन्स लिगका लागि नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले एपीएफको टोलीलाई प्रशिक्षण गराइराखेका छन्। 

एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफ समुह ‘बी’ मा परेको छ। एपीएफ रहेको समुहमा साउदी अरबको अल नासर, आयोजक उज्वेकिस्तानको पिएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स रहेको छ। 

समूह चरणका खेलहरू अगस्ट २३ देखि ३१ सम्म उज्वेकिस्तानमा हुनेछ। छनोटमा सहभागी १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ। समूह चरणमा ४ समूहमा ४  टोली र एक समूहमा ३ टोली रहेका छन्।  हरेक समूह विजेताले फाइनल चरणमा स्पर्धा गर्नेछन्। 

यसअघि नै छनोट भइरहेका ७ टोलीसहित छनोट चरण पार गर्ने ५ गरी १२ टोलीले फाइनल चरणमा प्रतिष्पर्धा गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad