खेल


काठमाडौँ क्रिकेट संघको साधारणसभामा पाँच क्रिकेटकर्मी सम्मानित

काठमाडौँ क्रिकेट संघको साधारणसभामा पाँच क्रिकेटकर्मी सम्मानित

नेपालखबर
साउन २१, २०८२ बुधबार १७:३०, काठमाडौँ

काठमाडौं जिल्ला क्रिकेट संघले नेपाल यु-१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीसहित पाँच क्रिकेटकर्मीलाई सम्मान गरेको छ।काठमाडौं जिल्ला क्रिकेट संघले बुधबार छैटौं वार्षिक साधारण सभाका अवसरमा पाँच जनालाई सम्मान गरेको हो।

काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसिसी यु-१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए। उनले प्रतियोगिताका ६ खेलमा समान एक शतक र अर्धशतकसहित २४६ रन प्रहार गरेका थिए। प्रसिद्ध र कृष्माले समान जनही ५ हजार  रुपैयाँ प्राप्त गरे।

सोहि अवसरमा महिला टिमकी खेलाडी कृष्मा गुरुङ, आईसीसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो। 

उनीहरूलाई बागमती प्रदेशका सभाका सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घले नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, केन्द्रीय सदस्य दुर्गानाथ पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन, क्यानका पूर्वसचिव अशोकनाथ प्याकुरेललगायतले सम्मान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad