राजनीति


सिंहदरबारको बैठकमा माधव नेपालले भने- प्रस्तावित स्वमूल्यांकन कार्यविधि ऐन विपरित

सिंहदरबारको बैठकमा माधव नेपालले भने- प्रस्तावित स्वमूल्यांकन कार्यविधि ऐन विपरित

नेपालखबर
साउन २१, २०८२ बुधबार १७:३०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधि राजनीतिक दलसम्बन्धी ऐन २०७३ सँग मेल नखाने बताएका छन्।

सिंहदरबारमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायतका ९ दलहरुको बैठकमा उनले कार्यविधिबाट प्रस्तावित समिति, त्यसका संयोजक तथा अधिकारहरू संविधान र कानुनको मर्मविपरीत रहेको उल्लेख गरे।

त्यस्तै दलका सफ्टवेयर तथा प्रयोगकर्ता विवरणमा आयोगको पहुँच दिनु पार्टीहरूको स्वतन्त्रतामा हस्तक्षेप हुने नेपालको भनाइ छ।

निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ का विषयमा गम्भीर आपत्ति जनाउँदै कांग्रेस-एमालेबाहेकका दलको बैठक माओवादी केन्द्रको संसदीय दलमा बसेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad