टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
नेपाली समयअनुसार दिउँसो सवा २ बजे अस्ट्रेलियाको डार्बिनमा सुरु हुने खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको हो।
नेपालले भोलि अगस्ट १६ मा नेपालले बंगलादेशको ‘ए’ टिमसँग दोस्रो खेल खेल्नेछ। यसपछि नेपालको तेस्रो खेल अगस्ट १८ मा मेलवर्न स्टारको एकेडेमी टिमसँग हुनेछ।
सिरिजको चौथो खेलअन्तर्गत नेपालले अगस्ट १९ मा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग प्रतिस्पर्धा गर्नेछ। पाँचौ खेलमा नेपाल अगस्ट २० मा मेलबर्न रेनेगेट्सको एकेडेमी टोलीसँग भिड्नेछ।
नेपालले समूह चरणको छैटौँ तथा अन्तिम खेलमा अगस्ट २२ मा पाकिस्तानको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणको शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
सेमिफाइनल र फाइनल खेल २४ अगस्ट मा हुनेछन्। जारी टप इन्ड टी-२० सिरिजमा ११ टोलीको सहभागी छन्।
सिरिजमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान सहभागी छन्।
त्यस्तै बिगबास लिग (बीबीएल) का हर्बट हरिकेन्स, पर्थ स्कोचर्स, एडिलेट स्ट्राइकर्स, मेलवर्न स्टार तथा मेलबर्न रेनेगेट्स टोलीका एकेडेमी टोली पनि सहभागी छन्।
त्यस्तै दुई स्थानीय टोली पनि सिरिजमा सहभागी छन्।
यस्तो छ, नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।
आगामी अक्टोबर ओमानमा हुने आईसीसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारी क्रममा नेपाली क्रिकेट टोली हाल अस्ट्रेलियामा छ।
यो सिरिज सकेपछि नेपालले लगत्तै अस्ट्रेलियामै ‘प्रिपरेसन सिरिज’अन्तर्गत थप पाँच खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। जसअन्तर्गत नेपालले यही अगस्ट २६ देखि ३० सम्म एसीटी र साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
Shares

प्रतिक्रिया