खेल


पाकिस्तान शाहिन्सलाई जित्न नेपालले पायो १४५ रनको लक्ष्य

पाकिस्तान शाहिन्सलाई जित्न नेपालले पायो १४५ रनको लक्ष्य

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १६:५७, काठमाडौँ

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालसामु जितका लागि पाकिस्तानको शाहिन्सले १ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

डार्बिनस्थित मरारा क्रिकेट मैदान टु मा टस जितेर ब्याटिङ गरेको साहिन्साले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रनको योगफल तयार पारेको हो।

शाहिन्सका लागि कप्तान इरफान खान ४२ रनमा नटआउट रहे। अब्दुल समदले बनाएको २६ रनको योगदान दिए। समदले २५ बलमा १ चौका र १ छक्का प्रहार गरे।

मोहम्मद वसिमले २४ रन बनाउँदा सोमपाल कामीको बलमा कट एण्ड बोल्ड हुन पुगे। ओपनर यासिर खानले १८ रन बनाए। मेहरन मुमताजले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

शाहिन्सलाई कम स्कोरमा रोक्न नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। 
नन्दन यादव, दिपेन्द्र सिंह ऐरिले समान २ विकेट झारे। कुशल भुर्तेलले एक विकेट आफ्नो नाममा गरे। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad