कारोबार


फोटोनको इ-टनल्यान्ड पिकअप नाडा अटो शोमा सार्वजनिक (तस्बिरहरू)

फोटोनको इ-टनल्यान्ड पिकअप नाडा अटो शोमा सार्वजनिक (तस्बिरहरू)

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १७:१३, काठमाडौँ

टनल्यान्ड जी७ को सफलतापछि फोटोनले यस वर्षको नाडा २०२५ मा शक्ति, दक्षता र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन भएको इलेक्ट्रिक पिकअप इ टनल्यान्ड प्रस्तुत गरेको छ।

यो पिकअपमा फोटोनको विश्वसनीय मजबुती र विश्वकै अग्रणी ईभी ब्याट्री निर्माता सीएटीएलको अत्याधुनिक प्रविधि जोडिएका छन्।

इ टनल्यान्ड को केन्द्रमा तेस्रो पुस्ताको ८८ केडब्लुएच सीएटीएल लिक्विड–कुल्ड लिथियम ब्याट्री रहेको छ, जुन प्रविधि आज विश्वका अग्रणी ईभी ब्रान्डहरूले प्रयोग गर्दै आएका छन्।

विश्वभर अन्य ब्याट्री कम्पनी भन्दा धेरै सङ्ख्यामा ईभी सञ्चालनमा ल्याउन सफल सीएटीएल को यो प्रविधिले उत्कृष्ट सुरक्षा, विश्वसनीयता र लामो समयसम्म चल्ने सुनिश्चितता दिन्छ।

यसै विश्वस्तरीय ब्याट्री मार्फत् इ टनल्यान्ड ले ३५० किमिको ड्राइभिङ रेन्ज प्रदान गर्छ र ब्याट्रीमा ८ वर्ष/४,००,००० किमि र पीईयू/ड्राइभिङ मोटरमा उपलब्ध ५ वर्ष/२,००,००० किमिको वारेन्टीले गाडी किनेपछि पनि निश्चिन्तता दिन्छ।

नयाँ इ टनल्यान्ड विशेष नाडा अफर मूल्य ६८ लाख ९९ हजारमा उपलब्ध हुनेछ (सामान्य मूल्य रु. ६९ लाख ९९ हजार रहेको छ)। यसले १३० केडब्ल् पावर र ३५० एनएम टर्क प्रदान गर्दै बलियो पर्फर्मेन्स दिन्छ। ३० प्रतिशत ग्रेडेबिलिटीका साथ यस पिकअपले उकालो बाटो सजिलै चढ्न सक्छ। सेगमेन्ट-बेस्ट ८८.०२ केडब्लुएच सीएटीएल ब्याट्रीमार्फत उपलब्ध ४३० किमिको रेन्जले यसलाई दैनिक व्यवहारदेखि लामो यात्रासम्म उपयुक्त बनाउँछ।

इ टनल्यान्ड सबै प्रकारका परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्न तयार छ। २०० मिमि ग्राउन्ड क्लियरेन्स र ठूला २६५/६५आर१७ टायरसहित यसले असजिला बाटोहरू सहजै पार गर्छ र स्थिर तथा आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्छ। १५२० x १५८० x ४४० मिमिको विशाल कार्गो साइजले भारी सामान ढुवानीलाई सजिलो बनाउँछ, जसले यसलाई काम र लाइफस्टाइल दुवैका लागि भरोसायुक्त साधन बनाउँछ।

शक्ति, क्षमता र आधुनिक डिजाइनको अद्वितीय मेलसहित आएको इ टनल्यान्ड ले नेपालमा इलेक्ट्रिक पिकअपको नयाँ युग सुरु गर्दैछ। वातावरणमैत्री प्रविधि, उच्च सुरक्षा र बलियो निर्माणसहित यसले ईभी बजारमा नयाँ मापदण्ड कायम गर्दै ग्राहकलाई भविष्य–उन्मुख ड्राइभिङको अनुभव दिनेछ।

तस्बिरहरू (सरोज नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad