खेल


कप्तान रोहित पौडेलको अर्धशतकका बाबजुद साहिन्ससँग १ रनले हार्‍यो नेपाल

समूह चरणबाटै घर फर्कियो नेपाल, पाकिस्तान सेमिफाइनलमा
कप्तान रोहित पौडेलको अर्धशतकका बाबजुद साहिन्ससँग १ रनले हार्‍यो नेपाल

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १८:५१, काठमाडौँ

अस्ट्रेलिया लियामा जारी टप एण्ड टी–२० सिरिजमा चौथो हार व्यहोर्दै सिरिजको अन्त्य गरेको छ। शुक्रबार भएको सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल पाकिस्तानको साहिन्ससँग १ रनले पराजित भएको हो। 

पाकिस्तानको साहिन्साले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपालले नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४३ रन बनायो। 

एक समय जितनजिक पुगेको नेपालले अन्तिम ओभरमा दुई विकेट गुमाउँदा हार भोग्न बाध्य भयो। नेपालका लागि कप्तान पौडेलले ५२ रनको महत्वपूर्ण योगदान दिए। उनले ४४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। 

दिपेन्द्रसिंह ऐरि ४१ रनमा रनआउट भए। दिपेन्द्रले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा दिपेन्द्र रनआउट हुँदा नेपालले सिरिजमा चौथो हार व्यहोर्न पुग्यो। आरिफ शेख १ रनमा नटआउट रहे। 

आशिफ शेखले २७ रन थपे। कुशल भुर्तेल ४ र गुल्सन झा ३ रनमा पेभेलियन फर्के। लोकेश बम १० रनमा क्याच आउट भए। कुशल मल्ल २ रनमा आउट भए। 

त्यसअघि डार्विनस्थित मरारा क्रिकेट मैदान टु मा टस जितेर ब्याटिङ गरेको साहिन्साले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रनको योगफल तयार पारेको थियो। साहिन्साका लागि कप्तान इरफान खान ४२ रनमा नटआउट रहे। 

 अब्दुल समदले बनाएको २६ रनको योगदान दिए। समदले २५ बलमा १ चौका र १ छक्का प्रहार गरे। मोहम्मद वसिमले २४ रन बनाउँदा सोमपाल कामीको बलमा कट एण्ड बोल्ड हुन पुगे। 

ओपनर यासिर खानले १८ रन बनाए। मेहरन मुमताजले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। साहिन्सालाई कम स्कोरमा रोक्न नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। 

नन्दन यादव, दिपेन्द्र सिंह ऐरिले समान २ विकेट झारे। कुशल भुर्तेलले एक विकेट आफ्नो नाममा गरे। टी–२० आई विश्वकपको तयारीमा रहेको नेपालले टप एण्ड टी–२० सिरिजमा कुल ६ खेल खेलेको छ। सिरिजको सुरुवाती ३ खेलमा लगातार हार व्यहोरेको नेपालले पछिल्ला ३ खेलमा भने जित निकालेको हो। 

नेपालले मेलवर्न रेनेगड्स एकेडेमीलाई ३३ तथा होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो। मेलवर्न स्टार्स एकेडेमीसँग भने ३१ तथा बंगलादेश ए सँग ३२ रनले पराजित भएको थियो। सिरिजको पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।

पाकिस्तानी टोली पुगेको छ। नेपाल भने समूह चरणबाटै घर फर्कियो। पाकिस्तान अंक तालिकाको दोस्रो स्थानमा छ। पाकिस्तानको समूहचरणको ६ वटै खेल सकिँदा ८ अंक छ। शीर्ष स्थानमा सिकागो किंग्स मेन छ। उसले १ खेल खेल्न बाँकी छ। अपराजित एक मात्र टोली सिकागोले अन्तिम खेलअघि नै शीर्ष स्थानमा रहँदै सेमिफाइनल सुरक्षित गरिसकेको छ। 

अब मेलबर्न स्टार्स र एडिलेड क्रिकेट एकेडेमी एकेक खेल खेल्न बाँकी छ। एकेडेमीले अन्तिम खेल शनिबार बंगलादेश 'ए'सँग खेल्नेछ। उक्त खेल जिते एकेडेमी पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ।  

यस्तै मेलबर्न स्टार्सले अस्ट्रेलिया क्यापिटलसँग शनिबार नै अन्तिम खेल खेल्नेछ। यो खेलमा मेलबर्न विजयी भए मेलबर्न, एडिलेड र पर्थ स्कर्चरमध्ये नेट रन रेटका आधारमा दुई वटा टोली सेमिफाइनलमा पुग्नेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad