खेल


प्रिमियर लिगः आर्सनल र टोटनह्यामको लगातार दोस्रो जित, सिटीको पहिलो हार

प्रिमियर लिगः आर्सनल र टोटनह्यामको लगातार दोस्रो जित, सिटीको पहिलो हार

नेपालखबर
भदौ ८, २०८२ आइतबार ७:३, काठमाडौँ

म्यानचेस्टर सिटीलाई सिजनको पहिलो हारको स्वाद चखाउँदै टोटनह्याम हट्सपरले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। 

शनिबार राति सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा टोटनह्यामले २–० को जित दर्ता गरेको हो। 

टोटनह्यामले नयाँ प्रशिक्षक थोमस फ्याङको प्रशिक्षणमा सुखद् नतिजा निकालेको छ। टोटनह्यामले गत नोभेम्बरमा सिटीलाई ४–० ले नै पराजित गरेको थियो। सिटीलाई हराउन टोटनह्यामले दुवै गोल पहिलो हाफमा गर्‍याे। 

पहिलो हाफको ३५ औँ मिनेटमा रिचार्लिसनको लो क्रसमा ब्रेनन जोनसनले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा जोआओ पाल्हिन्हाको गोलमा टोटनह्यामले अग्रता दोब्बर पार्‍याे। 

गएराति नै भएको खेलमा आर्सनलले लिड्स युनाइटेडमाथि ५–० को फराकिलो जित हात पारेको छ। 

लगातार दोस्रो जित निकालेसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। दुई खेलबाट समान ६ अक जोडेपनि गोलअन्तरमा अघि रहँदै आर्सनल शीर्ष र टोटनह्याम दोस्रो स्थानमा छन्। 

गएराति कै खेलमा बर्नमाउथले वुल्भ्सलाई १–० ले ब्रेनफोर्टले एस्टाेन भिल्ललाई १–० ले नै हराएको छ। अर्को खेलमा बर्नलीले सुन्दरल्यान्डलाई २–० ले हरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad