खेल


रोमानियाकी बेरडिल्ला पोखरा निन्जाजमा आवद्ध

रोमानियाकी बेरडिल्ला पोखरा निन्जाजमा आवद्ध

नेपालखबर
भदौ १६, २०८२ सोमबार २०:३७, काठमाडौँ

वत्सालय एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले रोमानियाको ३२ वर्षीय एनामारिया बेरडिल्ला भित्र्याएको छ। उनको पोजिसन भने आउटसाइड हिटर रहेको छ। 

उनले रोमानियाली यू–१८, यू–२० र राष्ट्रिय टोलीबाट पनि खेलिसकेकी छन्। यसैगरि रोमानियाको सिनियर टिमबाट पनि खेलेको अनुभव उनीसँग रहेको छ। राष्ट्रिय टोली, रोमानियाली लिग, रोमानियन कप, च्याम्पियन्स लिग, सीईभी कप, अजरबैया सुपरलिग साइप्रस लिग र साइप्रस कप पनि उनले खेलेकी छन्।

उनलाई पोखरा नेन्जाजको टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै उत्साहित रहेको र उनले खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमा टोली विश्वस्त रहेको क्लबले जनाएको छ।

एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा एनामारिया बेरडिल्लाले आफू निकै हर्षित भएको बताएकी छन्। पोखरा निन्जाजलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उनको लक्ष्य रहेको छ।

उनको आगमनसँगै पोखरा निन्जाजको पुरै टिम सेट भएको छ। करिब १० दिन काठमाडौंमा तयारी गरेर टिम पोखरा गइसकेको छ।

उनी सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमान अकस्मात स्वदेश फर्किएपछि टिममा आवद्ध भएकी हुन्।


ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गते(सेप्टेम्बर ५–१३) सम्म  पोखरामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad