कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बेदकोट नगरपालिका–९ कोल्डस्टोर नजिक दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय बहादुर रानाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बा ६६ प २९६६ नम्बरको मोटरसाइकलमा स्थानीय बजारबाट घर जाने क्रममा अनियन्त्रित भएर पल्टिएको थियो।
सडकबाट नालामा खसेपछि रानाको टाउको, हातखुट्टामा चोट लागेको थियो। घाइते उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर ल्याइएको थियो।
उपचारको क्रममा सोमबार बेलुका अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
204
Shares

प्रतिक्रिया