एएफसी यू-२३ एसियन कप छनोटमा नेपाली युवा टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबार राति ताजकिस्तानको सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल सिरियासँग ४-२ ले पराजित हुन पुग्यो।
पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल फर्काएपनि एक गोल खान पुग्यो। पहिलो हाफको २३ औँ मिनेटमा सिरियाले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको थियो।
खेलको ६६ औँ मिनेटमा सुमित श्रेष्ठको गोलमा नेपालले सिरियामाथि २-१ ले अग्रता बनाएको थियो। तर खेलको ७३ औँ मिनेटमा नेपालले थप एक गोल खान पुग्यो। खेल २-२ को बराबरीको स्थितीमा पुगेको थियो। तर खेलको ८१ औँ मिनेटमा नेपालले थप एक गोल खायो।
खेलको अन्तिम मिनेटमा नेपालले थप गोल खाँदै छनोटमा लागातार दोस्रो हार ब्यहोर्न बाध्य भयो। समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग ४-० को फराकिलो अन्तरले पराजित भएको थियो। समूह के मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा फिलिपिन्सविरुद्ध खेल्नेछ।
एसियन कप छनोटमा सहभागी ४४ टोलीले ११ समूहमा विभाजन गरिएको छ। हरेक समूहमा ४ टोली छन्। हरेक समूहका विजेता टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्।
यस्तै चार उत्कृष्ट समूह उपविजेता टोलीले पनि एसियन कपमा स्थान पक्का गर्नेछन्। साउदी अरेबिया भने आयोजकको रुपमा छनोट भैसकेको छ।
Shares

प्रतिक्रिया