खेल


विजय र सानुमाया आर्मीको वर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत

विजय र सानुमाया आर्मीको वर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १६:४२, काठमाडौँ

नेपाल आर्मीले आफ्नै विभागीय टोली त्रिभूवन आर्मी क्लवका खेलाडीद्वय उसुका विजय सिन्जाली र करातेकी सानुमाया थिङलाई वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको छ।

प्रधान सेनापति ट्रफी २०८२ को समापनको अवसरमा शुक्रबार आर्मीले क्लबका खेलाडीद्वय उसुका विजयलाई पुरुषमा र करातेकी सानुमायालाई महिलातर्फ वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरेको हो।

गत वर्ष पाएका सफलताका आधारमा आर्मीले आफ्ना विभागका दुई खेलाडीलाई सम्मान गर्‍यो। विजयले जापानमा भएको तेस्रो थाउलो विश्वकपमा काँस्य पदक जितेका थिए।

सानुमायाले भने श्रीलंकामा भएको नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिपमा टिम कातातर्फ स्वर्ण र एकल कातामा रजत पदक जितेकी थिइन्। 

प्रधान सेनापति ट्रफीको समापन समारोहमा पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले विजय र सानुमायालाई अजयबल ट्रफी र २५ हजार नगद पुरस्कारसहित सम्मान गरे।

गत भदौ १७ देखि शुरु प्रधानसेनापति कपमा कुल १४ वटा टोलीले प्रतिष्पर्धा गरेका थिए। उक्त ट्रफीमा उपत्यका पृतना प्रथम र श्री नम्बर १६ बाहिनी अड्डा दोस्रो भयो।

गणतर्फ पुरानो गण पहिलो र श्री जगदल गण दोस्रो हुन सफल रहे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वप्रधानसेनापति र बलाध्यक्षलगायतले खेलाडीहरूलाई पुरस्कृत गरेका थिए। 

सो अवसरमा उत्कृष्ट रेफ्रीलाई पनि सम्मान गरिएको थियो। ट्रफीमा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबलल गरी कुल आठ खेलमा प्रतिष्पर्धा भएको थियो। प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा उक्त समापन कार्यक्रम भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad