खेल


नेपालद्वारा वेस्ट इन्डिजविरुद्ध १४९ रनको लक्ष्य पेस

नेपालद्वारा वेस्ट इन्डिजविरुद्ध १४९ रनको लक्ष्य पेस

तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)


नेपालखबर
असोज ११, २०८२ शनिबार २२:१, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी-२० आई सिरिजको पहिलो खेलमा जितका लागि १ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

युएईस्थित शारजाह क्रिकेट मैदानमा वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगदान दिए। उनले ३५ बलमा ३ चौका र १ छक्का सहयोगमा ३८ रन बनाउँदा नवीन विडाइसेको बलमा क्याच आउट हुन पुगे। 

२१ बलमा २ चौका र २ छक्का प्रहार गरेका कुशल मल्ल ३० रन बनाउँदा लामो सट खेल्ने धुनमा क्याच आउट नै हुन पुगे। नेपाली टोली एक समय ३.१ ओभरमा २-१२ को स्थितीमा हुँदा कुशल र रोहितले नेपालको पारी सम्हालेका थिए। 

त्यस्तै १६ बलमा २ छक्का सहयोगमा २२ रन बनाएका गुल्सन झा पनि क्याच आउट नै भए। ओपनर कुशल भुर्तेल ६ र आशिफ शेख ३ रनमा पेभेलियन फर्के। 

दीपेन्द्र सिंह ऐरी १७ रन बनाउँदा क्याच आउट नै भए। सन्दीप जोरा ९ र करण केसी शून्य रनमा आउट भए। 

नेपाली टोलीले १९ औँ ओभरमा लगातार तीन विकेट गुमाउन पुग्यो। टोलीले १९ औँ ओभरको तेस्रो बलमा दीपेन्द्रलाई, पाचौँ बलमा सन्दीप र अन्तिम बलमा करणलाई गुमाउन पुग्यो। 

सोमपाल कामी ६ नन्दन यादव ७ रनमा अविजित रहे। 

नेपालका लागि घातक बनेका वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए। नवीनले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा २९ रन दिए। 

अकिल होसेनले एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad