खेल


जापानविरुद्ध विकेटका लागि संघर्ष गर्दै नेपाल

जापानविरुद्ध विकेटका लागि संघर्ष गर्दै नेपाल

जापानसँग खेल्ने नेपाली टोली (क्यान)


नेपालखबर
असोज २४, २०८२ शुक्रबार १७:१, काठमाडौँ

आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समुुह चरणको दोस्रो खेलमा नेपालविरुद्ध जापानले ब्याटिङ गरिरहेको छ। 

ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि जापानले पहिले ब्याटिङ गरेको हो। 

दशौँ ओभर सकिँदा जापानले १ विकेट क्षतिमा ७० रन कटाइसकेको छ। 

नेपाली बलरहरुले हालसम्म १ विकेट मात्रै झारेका छन्। अभिषेक आनन्दलाई दीपेन्द्र सिंह ऐरीले रनआउट गरेका हुन्। 

जापानका केन्डेल कादोवाकी फ्लेमिङ र इसाम रहमान क्रिजमा छन्। केन्डेलले ३७ बलमा ४६ रन बनाउँदा इसामले १६ रन बनाएका छन्।

बलिङतर्फ सन्दीप लामिछानेले २ ओभरमा सर्वाधिक २० रन दिइसकेका छन्। यसबाहेक राजवंशीले १ ओभरमै १३ रन खर्चिएका छन्। ऐरीले ३ ओभरमा १५ रन दिएका छन् भने सोमपाल कामीले २ ओभरमा ८ रन र नन्दन यादवले २ ओभरमा १३ रन दिएका छन्। 

यसअघि नै सुपर सिक्समा पुगिसकेका नेपाल र जापान आजको खेलमा जित निकाल्दै समुह विजेता बन्ने लक्ष्यमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad