खेल


प्रिमियर लिगमा युनाइटेडको महत्वपूर्ण जित

प्रिमियर लिगमा युनाइटेडको महत्वपूर्ण जित

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार ७:१८, काठमाडौँ

ह्यारी म्याग्वायरको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा लिभरपुललाई पराजित गरेको छ। 

आइतबार राति एनफिल्डमा भएको खेलमा युनाइटेडले लिभरपुलमाथि २–१ को जित निकालेको हो। युनाइटेडको जितमा ह्यारी म्याग्वायर र ब्रायन एम्बुएमोले गोल गरे। लिभरपुलका लागि कोडी ग्याक्पोले एक गोल फर्काए। 

लगातार तीन प्रिमियर लिगमा हार व्यहोरेपछि लिभरपुलले सन् २०१४ पछिको सबैभन्दा खराब नतिजा व्यहोरेको हो। 

खेलको दोस्रो मिनेटमा नै ब्रायनको गोलको युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। खेलमा दबाब बनाइराखेको युनाइटेडले ४ औँ मिनेटमा भने बराबरी गोल खान पुग्यो।

खेलको ७ औँ मिनेटमा कोडी ग्याक्पोको गोलमा लिभरपुल खेलमा फर्किएको थियो। तर ८४ औँ मिनेटमा ह्यारी म्याग्वायरले गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण जित दिलाए। 

याे जितसँगै युनाइटेड नवौँ स्थानमा उक्लेको छ। युनाइटेडले आठ खेलमा चार खेलमा जित, एक खेलमा बराबरी र ३ खेलमा हार व्यहोरेको छ। 

लिगमा तेस्रो हार व्यहोरेको लिभरपुल ५ खेलमा जितसहित १५ अंकमा चौथो स्थानमा छ। 

गएराति नै भएको अर्को खेलमा एष्टोन भिल्लाले टोटनह्याम हट्सपुरलाई २–१ गोल अन्तरले नै पराजित गर्‍याे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad