खेल


नेपालद्वारा यूएईसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा यूएईसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १५:१३, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरब इमिरेट्स (यूएई)सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

दुबईको आईसीसी एकेडेमीमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि भिम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए। ६८ बलमा ७ चौका सहयोगमा ४८ रन बनाएका भीम ध्रुव परासरको बलमा क्याच आउट भए। 

ओपनर आशिफ शेख ४८ बलमा ४ चौका सहयोगमा ३४ रन बनाउँदा रन आउट हुन पुगे। 

४३ बलमा ३ चौका र १ छक्का सहयोगमा ३७ रन बनाएका दीपेन्द्रसिंह ऐरी पनि रन आउट हुन पुगे। 

आरिफ शेखले ५३ बलमा २ चौका सहयोगमा ३० रन बनाए। 

त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर कुशल भुर्तेल ९ बलमा २ रन बनाउँदा जाहिद अलीको बलमा विकेटकिपर आर्यान्स शर्माको हातबाट क्याच आउट हुन पुगे। 

कप्तान रोहित पौडेल ७ बलमा २ रन बनाउँदा क्याच आउट नै भए। यूएईविरुद्ध २ रन बनाएसँगै कप्तान रोहितले ७६ खेलमा २ हजार रन पूरा गरेका छन्। नन्दन यादव १ रनमा बोल्ड भए। करण केसी शून्य रनमा नै पेभेलियन फर्के। 

कुशल मल्ल अन्तिम बलअघि ४६ रनमा बोल्ड भए। उनले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गरे। कुशलले ४५ ओभरको पहिलो बलमा जीवनदान पाए। जुनैद सिद्दीकीको बलमा कुशलको प्रहार विकेटकिपरले क्याच ड्रप गर्दा जोगिएका थिए।

सन्दीप लामिछाने १५ र ललित राजवंशी ४ रनमा नटआउट रहे।

यूएईका लागि ध्रुव परासरले २ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र २८ रन खर्चे। जुनैद सिद्दीकी र मुहम्मद जावादुल्लहले पनि समान २ विकेट लिए। जहिद अलीले एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad