खेल


काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्कबीच प्रायोजन सम्झौता

काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्कबीच प्रायोजन सम्झौता

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १६:४१, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमान्डु गोर्खाजले एक्सट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन सम्झौता गरेको छ। सम्झौता अनुसार, एक्सट्रिम इनर्जी ड्रिङ्क गोर्खाजको ड्रिङ्क पार्टनर का रूपमा रहनेछ।

सम्झौताअनुसार काठमान्डु गोर्खाजले एनपीएल खेलका क्रममा आफ्नो जर्सीको पछाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिङ्कको लोगो समावेश गर्नेछ। सम्झौतामा काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र एक्सट्रिम इनर्जी ड्रिङ्कका महाप्रबन्धक पवनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताका आर्थिक विवरण सार्वजनिक गरिएको छैन।

कार्यकारी निर्देशक सिरोहियाले प्रायोजन सहयोगबिना एनपीएल र फ्रेन्चाइज क्रिकेट अधुरो हुने उल्लेख गर्दै एक्सट्रिम इनर्जी ड्रिङ्कको साथले गोर्खाजको मनोबल थप उच्च हुने विश्वास व्यक्त गर्नुभयो। उनले भने, ‘यो साझेदारी आर्थिक सहयोग मात्र होइन, खेलाडीसँगको साथ र प्रेरणाको प्रतीक पनि हो।’

महाप्रबन्धक श्रेष्ठले खेलाडीहरूलाई थप जोश र ऊर्जा प्रदान गर्न एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल प्रिमियर लिगको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरे।

यसअघि नै काठमान्डु गोर्खाजले मुख्य प्रायोजकको रूपमा वल्र्ड लिंकसँग सम्झौता गरिसकेको छ।

करण केसीको कप्तानीमा रहेको गोर्खाज टोलीमा भीम सार्की, साहव आलम, रशिद खान, आदिल आलम अन्सारी, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतिक श्रेष्ठ, तुलबहादुर थापा र उत्तम थापा रहेका छन्।

टोलीले विदेशी खेलाडीका रूपमा इंग्ल्यान्डका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेललाई अनुबन्ध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad