अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल फुटबल खेलाडी संघ तथा प्रतिनिधिहरुलाई वार्ताका लागि बोलाएको छ।
एन्फाले आइतबार एक विज्ञप्ति जारी गर्दै खेलाडी तथा प्रतिनिधिहरुलाई सोमबार वार्ताका लागि आव्हान गरेको हो।
एन्फाले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ, ‘गत १७ गते एन्फा र एन्फा आवद्ध ए डिभिजन क्लबहरुबीच सहमतीप्रति असन्तुष्ट रहँदै नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा भएको सडक प्रर्दशन प्रति संवेदनशील रहँदै उक्त सडक प्रर्दशनमा व्यक्त सहिद स्मारक ए डिभिजन लिग तथा राष्ट्रिय लिगका सम्बन्धमा उठेका विचार एवं भावनाहरुलाई सम्वादमार्फत नै सम्बोधन गर्ने मान्यता बमोजिम नेपाल फुटबल खेलाडी संघ तथा प्रतिनिधिलाई सोमबार वार्ताका लागि आव्हान गरिएको सूचित गरिन्छ।’
झण्डै तीन वर्षदेखि ए डिभिजन लिग सञ्चालन हुन नसकेपछि बिहीबार एन्फा अघि प्रर्दशन गर्दै विभिन्न प्रतियोगितामा जितेका मेडल एन्फाको गेटमा नै झुन्ड्याइदिएका थिए।

Shares

प्रतिक्रिया