खेल


जेनजी आन्दोलनपछि रोकिएको एभरेस्ट महिला भलिबल लिगको बाँकी खेल तालिका सार्वजनिक

जेनजी आन्दोलनपछि रोकिएको एभरेस्ट महिला भलिबल लिगको बाँकी खेल तालिका सार्वजनिक

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १८:४८, काठमाडौँ

अर्को सातादेखि सुरु हुने वात्सल्य एभरेस्ट महिला भलिबल लिगको बाँकी खेलको तालिका सार्वजनिक भएको छ। 

इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार बाँकी सात खेलको तालिका सार्वजनिक गरेको हो। पुनः सुरु हुने खेलको पहिलो दिन भदौ २६ गते कर्णाली यशविज र मधेस युनाइटेड खेल्नेछन्। सोही दिन ललितपुर क्विन्स र पोखरा निन्जास खेल्नेछन्। 

भदौ २७ गते काठमाडौँ स्पाइकर्स र पोखरा भिड्नेछन्। सोही दिन लुम्बिनी लायन्सले मधेसको सामना गर्नेछ। 

२८ गते काठमाडौँ र लुम्बिनी तथा कर्णाली र ललितपुर खेल्ने तालिका छ। २९ गते अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछन्। 

लिगका बाँकी खेलहरु काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। यसअघि पोखरा रगंशाला हाताभित्रको बहुउदेश्यीय कभर्डहलमा लिग आयोजना भएको थियो। 

तर गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण लिग बीचमा नै स्थगित भएको थियो। बाँकी खेलहरू कार्तिक २६ देखि २९ गतेसम्म हुनेछ। लिगका १६ मध्य ९ खेल सम्पन्न भइसकेका छन्। 

लिगको पहिलो चरणमा सबै टोलीले समान ३ खेल खेलिसकेका छन्। बाँकी ७ खेल बाँकी रहँदा ललितपुर क्विन्स र कर्णाली यशविजले समान ३ खेलमा अपराजित रहँदै ९ अंक बनाएका छन्। 

मधेस युनाइटेड र काठमाडौं स्पाइकर्सको समान ३ अंक, लुम्बिनी लाभाजको २ अंक र पोखरा निन्जाजको एक अंक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad