जनकपुर बोल्ट्सका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सको टोली सम्हाल्ने भएका छन्।
पहिलो सिजन जनकपुरले पुबुदु कै प्रशिक्षणमा उपाधि जितेको थियो। तर दोस्रो संस्करण भने पुबुदुले विराटनगरको टोली हेर्ने किंग्सले बताएको छ।
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक समेत रहेका पुबुदु हाल अमेरिकी क्रिकेट टोलीको मुख्य प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा सानदार प्रर्दशन गर्दै आइरहेको छ।
यस्तै विराटगनरले श्रीलंकाका धाम्मिका प्रसादलाई पनि क्लबमा अनुबन्ध गरेको छ। धाम्मिका यसअघि नै विराटनगरसँग जोडिएर प्रशिक्षणमा व्यस्त थिए।
धम्मिकाले श्रीलंकाबाट २५ टेष्ट, २४ एकदिवसीय र एक टि–२० आई खेलेका छन्। विराटनगरले पुबुदु र धाम्मिकाको भूमिकाबारे भने केही खुलाएको छैन।
Shares

प्रतिक्रिया