खेल


शक्ति गौचन भन्छन्- आजको खेलमा केही गल्ती भए, सच्याएर अघि बढ्छौँ

शक्ति गौचन भन्छन्- आजको खेलमा केही गल्ती भए, सच्याएर अघि बढ्छौँ

नेपालखबर
मंसिर ६, २०८२ शनिबार १५:४४, काठमाडौँ

लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट प्रशिक्षक शक्ति गौचनले आजको खेलमा केही गल्ती हुँदा खेल हारिएको बताउँदै आगामी खेलमा सच्याउने बताएका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार लुम्बिनी कर्णाली याक्ससँग नौ विकेटले पराजित भएको थियो। खेलपछि कुराकानी गर्दै गौचनले ब्याटिङ, बलिङ र फिल्डिङमा केही कमजोरी भएको बताए। 

गौचनले भने, ‘पावर प्लेमा पनि हामी चुक्यौँ। फिल्डिङ पनि राम्रो हुन सकेन। केही क्याच छोड्यौँ। त्यसले गर्दा आजको म्याच हारियो। अर्को म्याचमा सुधार गर्छौँ।’

कर्णालीका कप्तान सोमपाल कामी र अन्य बलरले राम्रो बलिङ गरेको बताए। त्यससँगै कर्णालीका ब्याटर मार्क वाटको पनि प्रशंसा गरे। वाटले शतक प्रहार गरेका थिए। ‘वाटले राम्रो क्रिकेट खेले। शतक प्रहार गरे। शतक भनेको जहिले पनि विशेष हुन्छ,’ उनले भने। 

लुम्बिनीले अन्तिम पाँच ओभरमा ठिकै गरेकाले सम्मानजनक स्कोर पुगेको उनको भनाइ थियो। दुई खेलमा एउटा खेल हारेकाले अहिले नआत्तिन समर्थकलाई आग्रह गरे। ‘अहिले आत्तिनुपर्दैन। दुई वटा मात्रै खेल भएका छन्,’ गौचनले भने, ‘आजको खेलमा जुन गल्ती भएका छन्, ब्याटिङ, बलिङ र फिल्डिङमा, आगामी खेलमा सच्याएर अघि बढ्छौँ।’

यो पनि पढ्नुहोस् : लुम्बिनीको लज्जास्पद हार, मार्क वाटको शतकमा कर्णालीको सहज जित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad