दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सातौँ दिन आज (आइतबार) खेल छैन।
नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको तालिकाअनुसार आज विश्राम हो।
सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा दुई खेल हुनेछन्।
बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ।
दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन्।
तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ।
दुईवटा खेल खेलेको पोखरा भने दुवैमा पराजित हुँदै पुछारमा छ।
मङ्सिर १ गते सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरछहेका छन्।
फाइनल खेल मङ्सिर २७ गते हुनेछ।
Shares

प्रतिक्रिया