सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्स दबाबमा परेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावर प्लेमै दुई विकेट गुमाएको छ। दुवै प्रारम्भिक ब्याटर गुमाएको सुदूरपश्चिमले २७ रन मात्रै जोडेको छ।
कर्णालीका लागि सोमपाल कामीले पहिलो बलमा विकट लिएका थिए। उनले जोस ब्राउनलाई बोल्ड आउट गरे।
त्यस्तै, पाँचौ विकेटमा विपिन शर्माले विनोद भण्डारीलाई एलबीडब्लुको धरापमा पारे।
66
Shares

प्रतिक्रिया